Samayojan khabar

Advertisment

SKIP THIS

५ महिनामा साढे १४ सय बलात्कार तथा बलाकारजन्य घटना

समायोजन खबर खोटाङ,
बितेको ५ महिनामा साढे १४ सय बलात्कार तथा बलाकारजन्य घटना भएका छन् । संसद्को महिला तथा सामाजिक समितिको आजको बैठकमा गृहसचिव प्रेमकुमार राईले बलत्कारका घटना बढेको बताउँदै गत वैशाखदेखि भदौसम्मको अवधिमा ९ सय बलात्कार र ५ सय ३६ जबरजस्ती करणी उद्योगका घटना भएको जानकारी गराउनुभयो । अघिल्ला वर्षको तुलनामा १० प्रतिशत बलात्कारका घटना बढेको उहाँले जानकारी दिनुभयो ।

 

समितिको बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले भने फरक तथ्यांक प्रस्तुत गरेको छ । मन्त्री थममाया थापाले नेपाल प्रहरीबाट प्राप्त तथ्याङ्क सुनाउँदै बलात्कार घटना केही कम देखाइएको छ । ७ सय १० बलात्कार र ३ सय ९१ जबरजस्ती करणी उद्योगका घटना भएको उहाँले बताउनुभयो । बैठकमा गृहमन्त्री रामबहादुर थापाले महिला हिंसाका घटनालाई राजनीतिकरण नर्गन आग्रह गर्नुभयो ।

 

समाजलाई सभ्य र सुसंस्कृत बनाउनु सबै राजनीतिक दलको दायित्व भएको भन्दै उहाँले राजनीतिलाई अपराधीकरण गर्ने र अपराधलाई राजनीतिकरण गर्न नहुने धारणा राख्नुभयो । संयमित भएर समस्या समाधानमा लाग्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री थापाले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।
२०७५ असोज ११ साँझ ६ : २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

मुख्य समाचार

अनुसन्धान ब्यूरोको टोली चितवनमा

समायोजन खबर भरतपुर, पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा...

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...