Samayojan khabar

Advertisment

SKIP THIS

गेारखाका बालबालिकामा मस्तिष्क पक्षघात बढ्दो

गोरखामा मस्तिष्क पक्षघातका बिरामी बढी देखिन थालेका छन्। भुकम्प पछि गर्भमा रहेको शिशु, गर्भवती महिलाले उचित स्याहार नगरेका कारण दुईदेखि तीन वर्ष उमेर भित्रका बालबालिकामा यस्तो समस्या धेरे देखिएको हो। युर्निभर्सिटी अफ सिड्नीको सहयोगमा सिएसएफ ग्लोबल नेपालले गोरखाको ६ वटा स्थानीय तहमा गरेको सर्वेक्षणले मस्तिष्क पक्षघातको अवस्था भयावह देखाएकाे हाे। गोरखा नगरपालिका भित्र मात्रै ५७ जनामा यो रोग देखिएको छ। १८ वर्ष मुनिका बालबालिकामा गरीएको सर्वेक्षणमा पालुङटार नगरपालिकामा २२, आरुघाट गाउँपालिकामा १५, शहिद लखनमा १८, भिमसेन थापा गाउँपालिकामा १२ र सिराञ्चोक गाउँपालिकामा ११ जनामा मस्तिष्क पक्षघात भेटिएको कार्यक्रम संयोजक अमिर बञ्जारा क्षेत्रीले बताए।

बालबालिका समान्य भन्दा फरक हुनु, असाधारण व्यवहार देखाउनु, शरीरका अंगहरु लुलो लंगडो हुनु, उमेर अनुसार वजन नहुनु, उमेर  भइसक्दा समेत हिडडुल गर्न नसक्नु जस्ता समस्या बढी देखा पर्ने गरेका छन्। जन्मजात नै हातखुट्टा फर्कनु, टाउको ठुलो हुनु, बालबालिकाले देखाउने व्यवहार र शारीरिक वृद्धी विकासमा फरक देखिनु र ति लक्षणको असरले मानसिक सन्तुलनमा समेत असर गर्नुलाई मस्तिष्क पक्षघात भनिन्छन। उक्त रोगको उपचार सम्भव छैन। ‘रोगबाट हुने असर कम गर्न र साधारण खालको पक्षघातलाई ठुलो हुनबाट बचाउन सकिन्छ’ डाक्टर अमृत देवकोटा भन्छन् ‘नियमित निग्रानी गर्ने, थेरापी गर्ने, खानपान र व्यवहारमा ध्यान दिने हो भने असर कम गराउन सकिन्छ तर हाम्रो देशमा उपचार सम्भव छैन।’

अाइतवार गोरखा सदरमुकामको आमा बा अस्पतालमा मस्तिष्क पक्षघात भएका २१ जना बालबालिकाको स्वास्थ्य जाँच गरिएको थियो। यस अघि गत जेठ महिनामा पनि एक सय ३१ जनाको जाँच गराउँदा अधिकांस कम उमेरकामा मस्तिष्क पक्षघात बढी भेटिएकाे थियाे। जनजाती र दलित समुदायका बालबालिकामा यो रोग धेरै देखिएको डाक्टर देवकोटा बताउँछन्। गर्भवती हुँदा खानपानमा ध्यान नदिने, स्याहार कम हुने, पौष्टिक तत्वको अभाव, बालबालिकालाई शिशु अवस्थामा स्याहार नपुग्ने, समान्य समस्या आउँदा अत्तालिएर अविभावकले धेरै औषधी प्रयोग गर्ने जस्ता कारणले मस्तिष्क पक्षघात भएको पाइएकेा छ

रासस

रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजिनामा

समायोजन खबर काठमाण्डौ, पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर साहले...

देशभर सामान्य बदली, केही भूभागमा पानी पर्ने सम्भावना

समायोजन खबर काठमाण्डौ, देशभरको मौसम आज सामान्यतया बदली रहने...

भोजपुरमा श्रीमानको हत्याराबाट पैसा असुल्ने महिला पक्राउ

समायोजन खबर भोजपुर, श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा...

बर्थिङ सेन्टरमा प्रसूति नगराए जन्मदर्ता नहुने

समायोजन खबर भोजपुर, बर्थिङ सेन्टरमा प्रसूति नगराबए बच्चाको जन्मदर्ता...

मुख्य समाचार

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रधानमन्त्री ओली डेढ साता सिंगापुर बस्ने

समायोजन खबर काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई...

श्रीमती र १५ महिने छोरालाई जलाउन खोज्ने श्रीमान पक्राउ

समायोजन खबर धादिङ, २४ वर्षीया श्रीमती र १५ महिने...

अमेरिकाको अन्यायपूर्ण प्रतिबन्धप्रति हुवावेले जनायो आपत्ति

समायोजन खबर एजेन्सी, चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेलाई...

शिल्पाले गरिन् १० करोडको अफर अस्विकार

समायोजन खबर मुम्बई, भारतीय अभिनेत्री शिल्पा शेट्टीले एक विज्ञापनमा...