Samayojan khabar

Advertisment

SKIP THIS

सकियो तीज महोत्सव, दोहोरीमा दिरुमनपा पहिलो

चिसाङ शेर्पा खोटाङ,
खोटाङमा तीज महोत्सव सकिएको छ । तीज सम्बन्धि लोकदोहोरी प्रतियोगिता, धुपीधुपी नाच, मारुनी नाच, कुसुले नाच र संगीनि नाचको आयोजना गरी महोत्सव सकिएको हो ।

 

हरीतालिका तीज पर्वलाई निरन्तरता तथा लोपोन्मुख लोक संस्कारहरुको संरक्षण, संर्बद्धन गर्ने उद्देश्यले बुधबार समिक्षालय हलमा बहुआयमिक संरक्षण समाज दिक्तेलको आयोजना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा भएकोे तीज महोत्सवको लोकदोहोरी प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल प्रथम, पूरानो गाउँ सेवा समिति दोश्रो र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान तेश्रो भएको समाजका अध्यक्ष अनिल आचार्यले बताए ।

तीजको अवसरमा सामूहिक तस्विर खिचाउदै महिलाहरु

‘खोटाङ जिल्ला दिक्तेल बजार संस्कृतिलाई जोगाउ हजुर’ वोलको लोकदोहोरी प्रतियोगिताका प्रथमले दश हजार, दोश्रोले ६ हजार र तेश्रोले ३ हजार नगदका साथमा प्रमाणपत्र पाएका छन् । धुपीधुपी नाचमा सहभागी तीन समुहले १/१ हजार, मारुनी नाचमा सहभागी दुई समुहले ३/३ हजार, कुसुले नाचमा सहभागी एक समुहले ११ हजार र संगीनि नाचमा सहभागी दुई समुहले २/२ हजार नगदका साथमा प्रमाणपत्र पाएका छन् ।

 

लोकदोहोरी प्रतियोगितामा विजयी समुह तथा अन्य नाचमा सहभागी कलाकारलाई पुर्व सभासद दुर्गा जयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, नगर उपप्रमुख विणादेवी राई, तिज महोत्सव व्यवस्थापन समिति संयोजक दुर्गा प्रसाद घिमिरे लागयतले पुरस्कार वितरण गरेका थिए । उता हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा महिला स्वास्थ्य स्वयंसेबिकाहरुको आयोजना र नगरपालिकाको सहयोगमा सुरक्षित मातृत्व पोषणको महत्व विषयक संगीनि नाच र नाटक प्रर्दशन गरिएकोे हलेसी तुवाचुङ नगरपालिकाकी नगर उपप्रमुख बिमला राईले जनाईन् ।
क्याप्सन : समिक्षालय हलमा तीज मनाउन उपस्थित भएका दिदीबहिनीहरु, तस्विर, चिसाङ, २०७५ भदौ २७ गते साँझ ७ : ५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

दिक्तेलमा रोपाईजात्रा (फोटो फिचर)

चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलमा धुमधामका साथमा रोपाईजात्रा मनाइएको...

आरक्षण बचाउका लागि लठ्ठी जुलुस

चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलबजारमा लठ्ठी जुलुस निकालिएकोे छ...

मुख्य समाचार

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...