Samayojan khabar

Advertisment

SKIP THIS

राजधानीमै अचम्मको ठाउँ जहाँ फल्छ ‘आधा सुपारी’, घर लैजान पाइने तर बेच्न नपाइने

काठमाडौं । ललितपुरको चापागाउँस्थित बज्रबाराही मन्दिरसँगै जोडिएको जंगलमा विरुवा रोपिएको समाचार सुनिन्छ । यतिसम्म कि जापानीहरु पनि आएर विरुवा रोप्छन् । तर, त्यहाँ अहिलेसम्म कस्तो र कुन् जातका विरुवा रोपिएको छ ? संरक्षण गरिएका विरुवाहरुको विशेषता के हो ? भन्नेबारे खासै चर्चा गरेको भेटिँदैन ।

साविक चापागाउँ गाविस अहिले गोदावरी नगरपालिकामा गाभिएको छ । चापागाउँको बज्रबाराहीबारे जति चर्चा हुन्छ, त्यतिनै चर्चा संगै रहेको जंगलको पनि हुन्छ । त्यही जंगलमा रहेको एउटा वनस्पति अर्थात् रुखको प्रजातिले सबैको ध्यान तान्छ । अग्लो रुख, मान्छेले नभेट्ने माथि हाईटमा तर्लङ्ग झुण्डिएका लहरा ।

घुम्न आउने जो कोहीले लहरा देख्ने वित्तिकै फोटो खिचिहाल्छन् । तर, त्यो कुन प्रजातिको रुख हाे, यसको खास विशेषता के ? भनेर थोरैले मात्रै सोध्छन् । यो प्रजाती हो, सुपारी । तर, यसलाई सुपारी भनेर मात्रै हुँदैन । आधा सुपारी भन्नु पर्दछ । बजारमा विक्रि हुने सुपारीकाे जस्ताे गाेलाई भएकाे भरपूर दाना नहुने । आधा मात्रै । साईज भने काेही सानाे काेही ठूलाे । झट्ट सुन्दा आश्चर्य लाग्छ । आधा पनि फल हुन्छ र ? तर, त्यो वास्तविक हो । रुखमा चढ्न अनुमति छैन । भुँईमा खसेको दाना हातमा लिँदा अचम्म लाग्छ । यस्तो आधा सुपारी पनि हुन्छ र ? तर, हुँदो रहेछ । यो आधा सुपारीको विशेषता कसैलाई थाहा नभएको भन्ने होईन । यो जंगलमा अरु दुई तीन प्रकारका सुपारी समेत पाइने बताईन्छ ।

यही हो आधा सुपारीको फल  

आधा सुपारीबारेका भनाई 
आधा सुपारीको अहिले जंगल नै भईसक्यो । तर, पूराना रुखहरु छैनन् । एक ठाउँमा रोपेको विरुवा अर्को ठाउँमा सार्न मिल्दैन । यदि सारेको खण्डमा सुकेर जान्छ, सर्दैन भनिन्छ । रोप्ने तरीका पनि अचम्मको, बीउ छर्ने । १०० वटा छर्दा ९० वटा जति उम्रिन्छ, संरक्षण लागि बनाईएको समितिका प्रतिनिधि सुजन देशार भन्छन्, ‘आधा सुपारीको रुख कहाँबाट आयो भन्ने हामीलाई त्यति जानकारी छैन । पहिले ८–१० वटा रुख थिए । अहिले धेरै छन् ।’ उनका अनुसार आधा सुपारी खाँदा स्वाद छैन । अरु सुपारी भन्दा निकै फरक छ ।

औषधि
यो सुपारीको किनबेच हुँदैन । कसैले टिपेर बेच्न पाइँदैन । तर, खोजेर लान्छन् । किन ? देशार भन्छन्, ‘यो औषधिको रुपमा प्रयोग हुने भएकाले हेर्न आउनेहरु मध्ये जाने बुझेकाले लैजान्छन् । रुखमा चढेर टिप्न पाइँदैन ।’ यो सुपारीको अर्को विशेषता सुकाईरहनु पर्दछ । चिसो भएको खण्डमा शरीरमा चिलाउने आदी समस्या हुन्छ । आधा सुपारी आधा टाउको दुख्दा औषधिको काम गर्छ, भन्छन् देशार ।

अर्को किंवदन्ती 
ठाउँ रमणीय छ । अहिले मान्छेहरु खुब पिकनिक आउँछन् । थाहा भएका अथवा बुझेका मान्छेहरुले त्यहाँका कुनैपनि वनस्पतिका केही पनि अंश पात, हाँगा, झुप्पा केही पनि टिप्दैनन् र बोक्दैनन् । थाहा नभएका नयाँ मान्छेहरुले यदि टिपेर लगेको खण्डमा ति आफै फिर्ता आउँछन्, भन्ने किंवदन्ती छ ।

संरक्षण समितिबाट काम गर्न खटिएका तपिल देशारका अनुसार अहिलेसम्म त्यो ठाउँमा गएर कसैलाई वनस्पतिका कारण घाउ चोट लागेको वा कोरिएको सुन्नमा आएको छैन । यो जंगलमा दुई टाउको भएको सर्प र काँडे भ्याकुर लगायत पनि भेटिन्छन् । अर्को अचम्म, यो जंगल क्षेत्रका पातपतिङ्गरहरु उडाएर अन्यत्र जाँदैनन् ।

समाचार /फाेटाे :-पत्रकार यमुना भण्डारीकाे सहयाेगमा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

दिक्तेलमा रोपाईजात्रा (फोटो फिचर)

चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलमा धुमधामका साथमा रोपाईजात्रा मनाइएको...

आरक्षण बचाउका लागि लठ्ठी जुलुस

चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलबजारमा लठ्ठी जुलुस निकालिएकोे छ...

मुख्य समाचार

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...