Samayojan khabar

Advertisment

SKIP THIS

ब्ल्याक कफिको प्रमिस !

ओजोन बाबु,

मग बाहिर सादा रङ्गमा क्रिसमस ट्रि का बिभिन्न स्वरुपहरु गाढा रङ्गले पोतिएका छन् । निश्चित एउटा प्वाल छ मगमा । माथिपट्टिको त्यो प्वालबाट कफिको बास्ना सँगसँगै तातो बाफ उडिरहेछ । यो मेरो डमेस्टिक सयन कक्ष हो । डिसेम्बर महिनाको अन्त्यतिर क्रिसमस ट्रि ( X- Mas Tree)ले वरिपरि पोतिएको Large Size को मगमा बत्तिस दाँत र एक जिब्रो लगायतलाई साक्षि राखि मेरो डोमेस्टिक मुखबाट स्ट्रङ कफिलाई पेटमा खन्याइरहेको छु ।

 

(–०.५) को चस्माले आँखा छोपेर ति पूराना दिनहरुलाई हेर्दैछु । कालो उनीको टोपी भित्रको मेरो टाउको प्लस दिमागमा रिल घुमेझैँ घुमिरहेको छन् अतितहरु । मैले अतितको ठिक अगाडी कालो छुटाएको हुनुपर्छ । (कालो अतित) एकछिन है ! डिसेम्बरले चिसो बतास ल्यायो, मैले झ्याल बन्द गर्नुपर्छ । झ्याल मतलब सिँगै घर बनाउँदा पूर्व नियोजित पारिएका प्वाल मध्येका जुनियर, जसमा ढकनी लगाइएको हुन्छ र आवश्यकता अनुसार खोल्न र बन्द गर्न मिल्छ । (बन्द गरिदिएँ) । ढिला गर्ने दुस्साहस म बाट भएन ।

 

म कफिलाई पिउँदै छु । विस्तारै मग रित्तिँदै छ । मलाई कसैले धुवाँ उडाइरहेको देख्नु हुने छैन । म धुवाँ उडाउन सौखिन छैन । यसमा मेरो आफ्नो मान्यता छ । वेटर छैन ……??? यो डमेस्टिक रुम हो क्यारे ! मग रित्तिएको छ ….। रित्तो मगसँग बसेर म बोर मात्र हुन्छु । मग भर्ने र रिल घुम्ने काम तिब्र गतिमा भयो । त्यो साँझ…….। मलाई यत्ति याद छ…………। हामी ठूलो मानव पुर्खा(डार्विनका अनुसार ढेडु/ बाँदर/बन्कर/मंकी) को प्रतिमावाला प्वाल (उर्फ गेट) बाट छिरेका हौँ । मेरो आचि धुने हात तिम्रो कम्मरमा थियो अनि तिम्रो लिपिस्टिक दल्ने हात मेरो काँधसम्मै थियो । मलाई याद रहनु स्वभाविकै हो । तिमिलाई मन पर्ने क्याजुअल कपल पोज हो यो । कति अनपेक्षित रुपमा वित्छ जीवन/समय/काल……. कास……….मैले यो दिन आउँछ भन्ने थाहा पाएको भए……. म पल पल स्मरण/याद गर्ने थिएँ ।

 

तिमीले तिम्रो तर्फबाट भूतपूर्व लगाइसक्दा पनि म तिमीलाई सिर्फ प्रेमिका भन्न रुचाइरहेको छु । मलाई हाम्रो अन्तीम भेटसँग खुलेर चित्त बुझेको छैन । या भनौँ न चित्तै बुझेको छैन । त्यो गर्मिको मैसमको साँझ हामी सँगै थियौँ । मेरो रोजाइको Cold Coffee पिउन तयार हुन तिमीले धेरै बाहाना बाजी गरेको र मैले कष्ट उठाउनु परेको थियो । त्यसबेला तिमीलाई फकाउने बाहानामा म तिम्रो अनुहारमा एकोहोरिन सक्थेँ । तिमिले स्यान्डल खोलेकी थियौ । तिम्रो खुट्टामा निश्चय नै १० वटै औँला थिए । हुन सक्छ…. नौ या एघार पनि हुन सक्छन् । तर, म गुनासो गरिरहेको छु तिमीले मलाई भुतपूर्व बनाउने पूर्व योजना बताएकी भए ति औँला गन्ने थिएँ । के अर्थ हुन्छ औँला गन्नुको………? …. खै……………? अफसोस ! मलाई त तिम्रो स्यान्डिलको रङ समेत याद भएन । दरी ओछ्याइएका छन् भुइँमा त्यसमाथीका चकटीमा तिमी र म छौँ ।

कफि टेबललाई साक्षि राखेर माथी एउटा पंखा रिँगटा लाग्ने डर नै नभएझैँ घुमिरहेछ र तिमीलाई शंकै छैन त्यो पंखा हाम्रो टाउकोमाथि खस्छ भनेर । त्यो क्याफेको Single Room मा हामी छौँ । या भनौँ चिन्तन क्याफेको single room मा Couple छौँ । आँखी झ्यालबाट बाहिरको दृष्यलाई मेरो आँखामाथिको (–०.२५) को सिसाले घरि घरि नियाली रहेको छु । तिम्रा आँखा निर्वस्त्र छन् । समय धेरै घर्किसकेछ, तिमिलाई खै सुनाउन पाएँ जुन संसारमा तिमी र म सँगै (–०.२५) ले हेथ्र्यौ, आज एक्लै (–०.५०) ले हेरिरहेको छु । तिम्रो कपाल, अनुहारमा म्याच गर्ने कोठि, झलक्क हेर्दा देखिने आकर्षण । आज मेरो गुनासो छ त्यो भेट अन्तिम भएकोमा । त्यस्ता भेटहरु धेरै भए तर अन्तिम नभएका ति भेटहरुसंग मेरो कुनै गुनासो छैन । तिम्रो भुतपूर्व म, तिम्रो कपालको लम्बाई जाँच्न चाहन्थेँ, तिमीले भन्थ्यौ नि ! तिम्रो अनुहारमा थुपै्र कोठिहरु छन् । तिम्रो अनुहारमा नएकोहोरिएको होइन तर हरेक एकोहोराइमा म तिम्रा आँखाको गहिराइ नाप्ने सूरमा रहन्थेँ, तर म तिम्रो अफिसियल अनुहारमा एकोहोरिएर ति कोठिहरु गन्ने थिएँ मलाई भुतपूर्व बनाउने पूर्व योजना बताएकी भए ।

 

बाहीर चिसो बतास/हावा चलिरहेकै छ, मैले ज्याकेट खप्टिएँ र मफलरले मसिनो घाँटी बेरेर छोपेँ । माथी….माथी…… लेकहरु सेताम्मे फूलेका होलान् हिउँले । ति अन्तर्मुखी पहाडहरु चिसो हिउँ सहिरहेकै होलान् । कस्तो विडम्बना हगी ! चर्को घाम लागे पनि चिसा हिउँहरु परे पनि त्यहि चुचुरो/टाकुरो/पहाड……….। त्यो बाहिरको गेटको ढेडुको प्रतिमाले सिगरेट पिईरहेको याद छ मलाई । सिगरेट पिउने/कि खाने/वा उडाउने कुरामा म Confuse छु । जे होस त्यस्तै झल्किन्थ्यो । तिम्रो हातमा अक्सर (स्मरण रहोस वायाँ हात) सेतो चुरा बेरिन पाउँथ्यो । त्यो साँझ मैले दुस्साहस गरेँ त्यो सेतो चुरा किन मेरै रोजाइको नहोस……? छिरेँ एक कस्मेटिक पसल र कस्मेटिक पसलकि बार्बाइ डल सँग मागेँ एक थान ह्वाइट कलरमा । Doll ले अड्कल गरि Gift हो ? हन्ड्रेड पर्सेन्ट हो…………। म जवाफित भएँ । लुसुक्क भित्र पसी/अन्तर्धान भई र बेरमै झिलमिल बक्स सहित प्रकट भई । मस्काई हेर्न लायकको थियो, । के उसलाई दिउँ त्यो गिफ्ट……..? नाईँ नाँई यो मेरो प्रेमिकाको लागि हो र मैले पत्तै नपाएको/अपेक्षा नगरेको अन्तिम भेटको चिनो हो……. . –भनेर भन्न सकिन । “सेतो चुरा Gift दिएको अर्थ अर्कै लाग्छ, Please यो सेतो चुरा मलाई नदिनुहोस्….” यो तिमै्र बाणि हो ।

 

By the way तिम्रो सुझावले म पानी–पानी/पसिना–पसिना भएँ । खै के अर्थ लाग्छ ? सायद यो भेट अन्तिम नभएको भए म लगायत …. जानकार हुने थियौँ । खैर त्यो सेतो चुरा अझै पनि तिम्रो भुतपूर्व  प्रेमी सँग नै छ । के धोका भन्न मिल्छ…………? मैले सोध्ने तिमो्र फेटाहरु फगत हाँसिरहन्छन् मानौँ ती फोटाहरुलाई/तिमीलाई केही थाहा छैन । मैले भनेथेँ कुनै दिन, तिम्रा यि तस्विरहरु मसँग बात गर्छन, हाँँस्छन, मलाई एक्लै हुन दिदैनन । यी फोटाहरु साक्षि छन् । तर यी फोटाहरु मलाई गलत सावित गरिरहेका छन् । बोलुँलाझैँ तिम्रा तस्विर आज किन अन्जान छन् । तिम्रो मनको र यि तस्वीरको के सम्बन्ध/Relation छ हँ । हिजो मोनालिसा उपमा पाएका तिम्रा यि तस्विरहरु आज भुत/डायन/प्रेत/किचकन्या झैँ लागिरहेका छन……। बट ! मेरो ब्ल्याक कफिको प्रमिस म धोका भन्दिन । बस ! गुनासो त्यही भेटको जसलाई तिमीले एकलौटी/जबरजस्ती/खुदखुसी ढङ्गले अन्तिम बनायौ ।

२०७५ भदौ १९ गते साँझ ७ : १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...