Samayojan khabar

Advertisment

SKIP THIS

नमुना विद्धालय बनाउन राष्ट्रिय माविलाई तीन लाखको सामग्री

चिसाङ शेर्पा खोटाङ,
खोटाङको केपीलासगढी गाउँपालिका–३ वास्पानीमा रहेको राष्ट्रिय माविलाई तीन लाख वरावरको भौतिक सामग्री प्रदान गरिएको छ । गाउँपालिकामा रहेको माध्यमिक विद्धालयलाई नमुना विद्धालय बनाउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको हो ।

 

नमुना विद्धालय बनाउन गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा बिनियोजन गरेको २१ लाख रकमकबाट आइतबार सोलार प्यानल दुई सेट, १ सय ५० एम्पियरको ब्याट्रि २ सेट, विधुतीय हाजिरी १ सेट, डेस्कटप कम्प्युटर १ सेट, फोटोकपी मेसिन १ सेट, प्राजेक्टर १ सेट, साउण्ड सिष्टम एकसेट, व्याकअप (इन्भटर) १ सेट प्रदान गरिएको केपीलासगढी गाउँपालिका प्रमुख कृष्ण कुमार राईले जानकारी दिए । विद्धालयमा भएको औपचारिक कार्यक्रममा गाउँपालिका प्रमुखले विद्धालयका प्रधानाध्यापक कोमल प्रसाद रिमाललाई सामग्री हस्तान्तरण गरेका हुन् ।

 

यसअघि गाउँपालिकाले ६ वटा माविलाई तीन/तीन लाखको भौतिक सामग्री प्रदान गरेको थियो ।यस आर्थिक वर्ष २०७५/०७६ का लागि गाउँपालिकाले नमुना विद्धालय बनाउका लागि २८ लाख बजेट बिनियोजन गरेको छ । विद्धालयको माग र स्थलगत मुल्याङकन गरेर आवाश्यकता अनुसार विद्धालयलाई सहयोग गरिने गाउँपालिकाले जनाएको छ । यसैविच, कार्यक्रममा विद्धालयका प्रधानाध्यापक डिल्ली कुमार श्रेष्ठलाई बिदाई गरी पृथ्वी उच्च मावि बाक्सिलामा पठाइएको छ । उनको स्थानमा कोमल प्रसाद रिमाललाई नियुक्ति गरिएको छ ।
२०७५ भदौ १८ गते साँझ ७ :४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

मुख्य समाचार

अनुसन्धान ब्यूरोको टोली चितवनमा

समायोजन खबर भरतपुर, पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा...

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...