Samayojan khabar

Advertisment

SKIP THIS

इलामको राँके बजारमा आगलागी

समायोजन खबर खोटाङ,

इलामको राँके बजारमा आइतबार राति आगलागी भएको छ । जिल्लाको देउमाई नगरपालिका वडा नम्बर १ राँके बजारमा आगलागी हुँदा २ करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । आगलागीबाट राँके बजारमा रहेको ठालुमान श्रेष्ठको पाँच तले घर , घरमा रहेको लत्ता कपडा अन्य जिन्सी मालसामान , जित बहादुर बस्नेतको किराना पसल र शिब बहादुर विष्टको जुत्ता चप्पल पसल पूर्णरुपमा जलेर नष्ट भएको हो ।

 

राति ९ बजेबाट सुरु भएको आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर राँकेमा कच्ची घरहरू भएकाले आगो नियन्त्रणमा लिन समस्या भएको थियो । इलामबाट गएको दमकल बाटैमा बिग्रिएपछि पाँचथर फिदिमबाट आएको दमकल, स्थानीय र प्रहरीको सक्रियतामा ४ घण्टापछि पूर्ण रुपमा आगो नियन्त्रणमा लिइएको थियो ।

 

स्थानीय ठालुराम श्रेष्ठको घरबाट विद्युत सर्ट भई सुरु घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।  राँके बजारमा यस अघि पनि आगलागी भएको थियो ।

२०७५ भदौ १८ गते बिहान ८ : ५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

मुख्य समाचार

अनुसन्धान ब्यूरोको टोली चितवनमा

समायोजन खबर भरतपुर, पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा...

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...