Samayojan khabar

Advertisment

SKIP THIS

तीन जिल्लामा २८ वटा टावर बन्ने

समायोजन खबर खोटाङ,
नेपाल टेलिकमले इलाम, पाँचथर र ताप्लेजुङमा २८ वटा मोबाइल टावर थप गर्ने भएको छ । मोबाइलको नेटवर्क जाने, नआउने, आउँदै जाँदै गर्ने, आवाज नबुझिने जस्ता समस्याबाट मुक्त गराउन यी जिल्लामा थप २८ वटा टावर निर्माण गरिने भएको हो ।

 

इलाममा ११ , पाँचथरमा १० र ताप्लेजङ्गमा ७ गरी जम्मा २८ वटा टावर यस वर्ष थप गरी सेवा प्रवाह गर्ने नेपाल टेलिकम इलामका प्रमुख पंकज शाहले जानकारी दिनुभयो । उहाँका अनुसार टेलिकमले जिल्लाको साविक दानाबारी, गजुरमुखी, गोर्खे, जसविरे, पुवामझुवा, शान्तिडाँडा, जितपुर, फाकफोक, इलाम बजारलगायतका स्थानमा वीटीएस टावर स्थापना गर्ने भएको छ ।

 

यस्तै, पाँचथरमा हाङबुङ, जोरपोखरी, लुफाबुङ, मौवा, सराङडाँडा, आकासेडाँडा फिदिम लगायतमा राखिने छ भने, ताप्लेजुङ्गमा ढुंगेसागु, लिङखिम, मेहेले, निगुरादिन, साँगा, घुन्सा र तिरिङ्गेनमा राखिने जनाइएको छ । टावर स्थापनाका लागि तीन वटा ठेकेदार कम्पनीले ठेक्का पाएका छन् । अहिले स्वीकृत टावर मध्ये विद्युत नपुगेको स्थानमा सोलार प्रविधिबाट सेवा प्रदान गरिने प्रमुख शाहले जानकारी दिनुभयो । इलाममा अहिलले ३१ , पाँचथरमा ११ र ताप्लेजुङ्गमा ११ वटा गरी ५३ वटा टावरमार्फत सेवा प्रदान गरिँदै आएको छ । उज्यालो
२०७५ भदौ १४ गते मध्यान्ह २ :३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...