Samayojan khabar

Advertisment

SKIP THIS

जब बर्सन्छ असारे झरी

  • कविता
  • चित्र सुवेदी,

    खोलो, तछाड मछाड गर्दै
    हतार गर्छ नदी भेट्न
    र सोर्होछ
    वस्ती मान्छे र वोटबिरुवा
    जब बर्सन्छ असारे झरी

     

    किसान, रोपेर धान कोदो
    खाएर एक दुई गाँस
    फलाउनु छ, मुरीका मुरी

    पसिना बगेको हो कि
    पानीले भिजेको
    केही पत्तो छैन
    के दिन के रात
    हतार गर्छ खेतका गरागरामा
    जब बर्सन्छ असारे झरी

     

    गोरु, गर्जियोस कि आकाश
    चम्कियोस कि बिजुली
    एक पल नबिसाई
    लम्किन्छ गरैपिच्छे
    खाएर घरीघरी
    वासको लठ्ठी
    जब बसंन्छ असारे झरी

     

    विकास, सक्नु छ काम
    मिलाउनु छ विल भर्पाइ
    भर्नु छ डोर हाजिरी
    उर्तानु छ निर्णय
    सक्नु छ बाटोघाटो पुल पुलेसा
    नाप्नु छ पाईपाई
    काँट्नु छ चेक
    घोल्नु छ सिमेन्ट वालुवा
    तन्काउनु छ रड
    रंगाउनु छ कार्यालय
    जब बर्सन्छ असारे झरी

     

    भनिन्छ, खाली दिमाग सैतानको घर हो
    सधै असार आए, सुन्नु त पर्दैन थियो
    हत्या, बलत्कार, अपहरण, कुटपिट
    बोक्सीको आरोप
    किन की सबै व्यस्त हुन्थे
    म कामना गर्छु, बर्सिरहोस असारे झरी
    नजाओस वाढी पहिरो
    नहोस मानवीय क्षति
    म खुशी हुन्छु
    जब बर्सन्छ असारे झरी
    २०७५ भदौ ८ अपरान्ह २ :३५ मा प्रकाशित

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार


    ताजा अपडेट

    हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

    समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

    कविता, द्रौपदी

    चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

    गायन क्षेत्रमा जम्दै रश्मी

    समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

    भीरबाट लडेर एक जनाको मृत्यु

    समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

    प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

    समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

    मुख्य समाचार

    हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

    समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

    प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

    समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

    कविता, द्रौपदी

    चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

    लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

    अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...