Samayojan khabar

Advertisment

SKIP THIS

युवती करणी गरेको आरोपमा पक्राउ

चिसाङ शेर्पा खोटाङ,
खोटाङमा युवतीलाई जर्वजस्ती करणी गर्न खोजेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका–६ ईन्द्रेंणीपोखरी (साविक ९)का प्रमेश भनिने ३७ वर्षीय पर्शुराम विष्ट पक्राउ परेका हुन् । साउन २० गते राती आफ्नो हजुरआमा आइतीमाया राईको झुठो बार्ने क्रममा साथीहरुसँगै बसेर सुतेकी सोही ठाउँकी १९ वर्षीय युवतीलाई राती दुईबजे उठेर जर्बजस्ती गरेको आरोपमा विष्टलाई बिहान सिमपानी प्रहरीले पक्राउ गरेको थियो ।

 

झुठो बार्नेहरुलाई सुत्नका लागि बनाइएको त्रिपालमूनी झुठो बार्न बसेका युवतीको पुरुष आफन्तसँगै सुतेका विष्टले त्यही त्रिपालमूनी हजुरआमाको झुठो बार्न बसेकी युवतीलाई निदाएको मौका छोपी जर्बजस्तीको प्रयास भएको र युवती चिच्याउँदा आफूहरुले थाहा पाएको युवतीका दाई उदय राईले जानकारी दिए ।

 

युवतीलाई जर्बजस्ती गर्ने पुरुष बिरुद्ध पिडित पक्षले बुधबार निजउपर जाहेरी दिएको र निज विष्टलाई जर्बजस्ती करणी उधोगमा मुद्धा दर्ता गरी कानुनी कारवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका प्रहरी नायब निरिक्षक मनोज यादबले बताए । यादवका अनुसार पिडकलाई पिडितको उमेर अनुसार साढे दुई वर्षदेखी चार वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ ।
०७५ साउन २४ गते दिउँसो ४ : ०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

मुख्य समाचार

अनुसन्धान ब्यूरोको टोली चितवनमा

समायोजन खबर भरतपुर, पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा...

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...