Samayojan khabar

Advertisment

SKIP THIS

दिप्रुङ चुइचुम्मा गाउँपालिका आफ्नै भवनमा

चिसाङ शेर्पा खोटाङ
जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नै भवनबाट दैनिक कामकाज सुरुवात गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ सप्तेश्वर छितापोखरी याङसोलाटारमा भुकम्प प्रतिरोधात्मक सुविधायुक्त भवन निर्माण सम्पन्न गरेर आफ्नो दैनिक कार्यालयगत कामकाज सुरुवात गरेको हो ।

 

‘गाउँपालिका भवन निर्माण उपभोक्ता समिति’ले निर्माण सम्पन्न गरेको भवनलाई सोमबारबाट विधिवत ढंगबाट संञ्चालनमा ल्याइएको छ । सोमबार बिहान गाउँपालिका प्रमुख भुपेन्द्र राई र उपप्रमुख सपना राईले एकसाथ भवनमा राखिएको नेपालको राष्ट्रिय झण्डा स्थापना र पुजाअर्चना सहित रिवन काटेर भवनको उद्घाटन गर्नुभएको हो । याङसोलाटारका स्थानियवासीले निःशुल्क उपलब्ध गराएको ७ रोपनी ८ आना जग्गामा गाउँपालिकाको ७० लाख लगानीमा निर्माण भएको भवनमा ९ वटा कोठा, १ वटा सभाहल , ४ वटा शौचालय रहेको छ ।

निर्वाचित भए पश्चात जनतासामू खाएको सपथ र कसमलाई पुरा गर्न आफू लगायत सम्पुर्ण जनप्रतिनिधि निश्पक्ष ढंगले लागि परीरहेको दिप्रङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए । भवन निर्माणमा संलग्नलाई धन्यवाद ज्ञापन गर्दै गाउँपालिका प्रमुख राईले संमृद्ध गाउँपालिका बनाउन आफ्ना मातहतका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

 

आठ गाउँपालिका मध्ये विकासमा सबैभन्दा अगाडी बढेको गाउँपालिका यसअघि तीन कन्य प्रावि विद्धालयको दुइ कोठे भवनमा कार्यालयगत कामकाज गरिरहेको थियो । जिल्लाको स्थानिय सरकारको हकमा आफ्नै भवनमा सर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिका पहिलो भएको छ । दुइ नगरपालिका आठ गाउँपालिका रहेको खोटाङका अन्य नगरपालिका र गाउँपालिकाको कार्यालय भाडामा बस्दै आइरहेको छ ।
क्याप्सन : दिप्रुङ चुइचुम्मा गाउँपालिकाको भवन उद्घाटन गर्नुहुदै गाउँपालिका प्रमुख तथा उपप्रमुख, तस्विर, चिसाङ शेर्पा, २०७५ साउन १४ गते बिहान ११ : ५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सडक अवरुद्ध हुँदा हेलीकोप्टर चार्टर गरेर अस्पताल अनलाईन लोगो

समायोजन खबर खोटाङ, पहिरोका कारण सडक अवरुद्ध हुँदा खोटाङका...

शेर्पा फिल्म टिन्छेन फामा सर्वोत्कृष्ट चलचित्र

नुरु शेर्पा काठमाडौं, नेपाल सरकार ,राष्ट्रिय चलचित्र अवार्ड २०७६...

दिक्तेलबजारको १७ घरमा क्षति

चिसाङ शेर्पा खोटाङ, लगातारको वर्षाले दिक्तेलबजारको १७ घरमा क्षति...

खोटाङमा बाढी र पहिरोको वितण्डा : दुई दिनदेखी विधुत र यातायात वन्द

चिसाङ शेर्पा खोटाङ, बिहीवार रातीबाट परेको अविरल वर्षाका कारण...

पहिरोले घर पुर्दा आमा र दुई वालकको मृत्युु

चिसाङ शेर्पा खोटाङ, अविरल बर्षाका कारण पहिरोले घर पुर्दा...

मुख्य समाचार

राहत र पुर्नस्थापनालाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह

समायोजन खबर काठमाडौ, प्रमुख विपक्षी नेपाली कांग्रेसले बाढी...

सडक अवरुद्ध हुँदा हेलीकोप्टर चार्टर गरेर अस्पताल अनलाईन लोगो

समायोजन खबर खोटाङ, पहिरोका कारण सडक अवरुद्ध हुँदा खोटाङका...

अपडेट : बाढी पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३५ वेपत्ता

समायोजन खबर काठमाडौं, अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी...

५६ ढोका खोलिएको कोशी ब्यारेजको फेरी ६ ढोका बन्द गरियो

समायोजन खबर सप्तरी, नदीमा पानीको वहाव बढ्दै गएतापनि भारतले...

ओखलढुङ्गामा घरमाथिबाट आएको पहिरोले घर पुरिदाँ आमाछोरीको मृत्यु

समायोजन खबर ओखलढुङ्गा, घरमाथिबाट आएको पहिरोले घर पुरिँदा एकै...